बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर
तनहुँ | जेठ १०, २०७९
दमौलीः व्यास नगरपालिका ५ तल्लो गुणादीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिँदा भिमाद नगरपालिका २ का ४० वर्षिया पवित्रा थापाको ज्यान गएको हो ।
ज्यान गुमाएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।
स्कुटर चालक उनका २० वर्षिया छोरा सुशिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

